मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ओमानसँगको एकदिवसीय शृङ्खलाका लागि अनिल साहको कप्तानीमा नेपाल ए टोली घोषणा

मङ्गलबार, ०८ वैशाख २०८३, १६ : ४६
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • नेपाल क्रिकेट संघले ओमानविरुद्धको एकदिवसीय शृङ्खलाका लागि अनिल साहको कप्तानीमा १४ सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ।
  • आगामी अप्रिल २२ र २४ मा माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने दुई एकदिवसीय खेलका लागि टोली चयन गरिएको हो।

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानविरुद्धको एकदिवसीय खेलका लागि नेपाल ए टोलीको घोषणा गरेको छ। आगामी अप्रिल २२ र २४ माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने दुईवटा एकदिवसीय खेलका लागि क्यानले अनिल कुमार साहको कप्तानीमा १४ सदस्यीय टोली चयन गरेको हो।

टोलीको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका ओपनर अनिल साह पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा लयमा रहेका छन्। घोषित टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी र उदयमान खेलाडीहरूको सन्तुलन मिलाइएको छ। 

टोलीमा देव खनाल, कुशल मल्ल र सन्दीप जोरा जस्ता विष्फोटक ब्याटरहरू समावेश छन् भने बलिङतर्फ साहब आलम, रसिद खान, रिजन ढकाल र आकाश चन्दले जिम्मेवारी पाएका छन्। त्यस्तै, युवा खेलाडीहरू सन्तोष यादव, हेमन्त धामी र युवराज खत्रीलाई पनि टोलीमा स्थान दिइएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार मुलपानीको मैदानमा हुने यी दुई खेलले नेपाली क्रिकेटको बेन्च स्ट्रेन्थ बलियो बनाउन मद्दत पुग्नेछ।

  • नेपाल ए टोली:

अनिल कुमार साह (कप्तान), देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, तृत राज दास, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप