यूएईविरुद्ध टस जितेर बलिङ गर्ने नेपालको निर्णय, शेर मल्ललाई झिकियो
काठमाडौँ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी ‘अन्डर लाइट्स टी–२० आई सिरिज’अन्तर्गत आजको खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
सिरिजअन्तर्गत नेपाल र यूएईबीच आज दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो ।
हिजो सम्पन्न पहिलो भेटमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । सो हारको बदला लिने लक्ष्यका साथ आज नेपाल मैदानमा उत्रिएको हो । आजको खेलका लागि नेपाली टोलीमा परिवर्तन गरिएको छ । शेर मल्लको स्थानमा सन्तोष यादवलाई टोलीमा समावेश गरिएको छ । सन्तोष यादवको यो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलसमेत हो ।
आजको खेलमा नेपाली टोलीको कप्तानी दिपेन्द्र सिंह ऐरीले सम्हालिरहेका छन्। ऐरीको नेतृत्वमा नेपालले बलिङबाट राम्रो सुरुआत गर्दै यूएईलाई दबाबमा राख्ने लक्ष्य लिएको छ।
घरेलु मैदानमा समर्थकहरूको साथ पाएको नेपालका लागि आजको खेल सिरिजमा पुनरागमन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण