मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी आन्दोलनका क्रममा भागेका प्रतिवादी पक्राउ

मङ्गलबार, ०८ वैशाख २०८३, २० : ००
मङ्गलबार, ०८ वैशाख २०८३

पोखरा । झण्डै आठ महिनाअघि कारागारबाट फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा १७, छोरेपाटन बस्ने ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको हो।

उनी लागू औषध मुद्दामा कास्की कारागारमा पुर्पक्षका लागि थुनामा थिए । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए । फरार गुरुङलाई सोमबार डिहिकोपाटनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई आवश्यक कानुनी कारबाहीका लागि पुनः कास्की कारागारमा बुझाइएको सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप