सुदन किरातीद्वारा प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा घोषणा
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किरातीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।
- किरातीले पाँच महिना लामो पार्टीसँगको औपचारिक यात्रा टुङ्ग्याएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन्।
- पार्टी परित्याग गरे पनि देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने उनले प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।
किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई 'अमूल्य सम्पत्ति' को रूपमा आत्मसाथ गरेको बताएका छन् ।
फेसबुक स्टाटसमा उनले लेखेका छन्, 'संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।'
पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् । उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।
'मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,' किरातीले उल्लेख गरेका छन् । उनले यसअघि नै पार्टीमा राजीनामा बुझाएका थिए । तर उनी औपचारिक रुपमा भने बोलेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण