नेविसंघका नेताहरूलाई थुनामा राखिएकोप्रति कांग्रेसको आपत्ति
सारांश
- नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति आपत्ति जनाएको छ।
- प्रवक्ता देवराज चालिसेले सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत रहेको बताएका छन्।
- कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई विना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका नेताहरूलाई थुनामा राखेकोप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति निकालेर केन्द्रीय सदस्य भुवन भट्ट, विद्यार्थी नेताहरू कुम्भराज देउवा, नवीन विष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल वीसी लगायत केही नेताहरूलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति आपत्ति जनाएका हुन् ।
प्रवक्ता चालिसेले लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिँडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकारहरू भएको र यस्ता अधिकारहरूको सम्मान र संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको उल्लेख गरेका छन् ।
यस्ता अधिकारहरूको प्रयोगका क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्रको आधारभूत मूल्य, विधिको शासन तथा नागरिक स्वतन्त्रताको प्रत्याभूतिमाथि गम्भीर प्रश्न खडा गरेको प्रवक्ता चालिसेले उल्लेख गरेका छन् । ‘असहमतिलाई नियन्त्रण गर्ने र दमन गर्ने सरकारको यस्तो शैली लोकतान्त्रिक मान्यता एवं संविधानको मर्म विपरीत छ’ प्रवक्ता चालिसेले लेखेका विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली कांग्रेस स्पष्ट रूपमा विश्वास गर्दछ कि असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग हुन्, जसलाई दमन गर्ने होइन, संवाद र सहकार्यका माध्यमबाट सम्बोधन गरिनुपर्छ ।’
उनले पक्राउ परेका विद्यार्थी नेताहरूलाई विना सर्त तत्काल रिहा गर्न र भविष्यमा नागरिकहरूको मौलिक अधिकारमाथि कुनै प्रकारको अतिक्रमण गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।
मंगलबार सिंहदरबारभित्र नाराबाजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण