अपडेट
गृहमन्त्री बनेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए सुधन गुरुङ
बुधबार, ०९ वैशाख २०८३, १४ : ४२
१
सारांश
- गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेको २६ दिनमै राजीनामा दिएका छन् ।
- विवादित व्यापारी दीपक भट्टसँगको सेयर साझेदारी र लगानीको विवादका कारण उनले राजीनामा दिएका हुन् ।
- चौतर्फी आलोचना बढेपछि गुरुङले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गृहमन्त्रीको पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बिदा भएका छन् । विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । पदमा आएसँगै ‘ठुला माछा’ समाउने कार्यमा आक्रामक देखिएका उनी केही दिनअघि भने आफ्नै विवादित लगानीका कारण आलोचित बनेका थिए । उनले राजीनामा दिनुपर्ने चौतर्फी आवाज उठेपछि बाध्य भएर बुधबार राजनीनामा दिएका हुन् ।
उनको लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा लगानी देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण