पटका कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु
काठमाडौँ । भारतको केरला राज्यमा पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा १३ जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।
करिब ४० जना कामदारहरू एक अस्थायी गोदाममा पटाका बनाउँदै गर्दा विस्फोट भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।
जसमा कम्तीमा पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।विस्फोट मंगलबार दिउँसो करिब ३ः३० बजे भएको थियो र त्यसपछि थप साना विस्फोटहरू हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।
प्रहरीका अनुसार पटाका अस्थायी संरचनाहरूमा, खेतबारी नजिकै बनाइँदै थियो, जहाँ सडक पहुँच कमजोर भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न कठिन भएको थियो ।
विस्फोटको झट्का धेरै किलोमिटर टाढासम्म महसुस गरिएको र आसपासका घरहरूमा समेत क्षति पुगेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले घटनास्थलमा भागाभागको अवस्था भएको बताएका छन्, जहाँ स्थानीय बासिन्दाहरूले घाइते र मृतकहरूलाई बाहिर निकाल्न सहयोग गरेका थिए ।
यो घटना तीन दिनभित्रको दोस्रो हो । यसअघि तमिल नाडुमा आइतबार भएको अर्को पटाका कारखाना विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको थियो । भारतमा पटका उद्योगमा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण