गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना सुरक्षा व्यवस्थापनका लागि दुई वटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मानकता प्राप्त आईएसओ प्रमाणपत्रहरू प्राप्त गरेको छ ।
बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ’आईएसओ ९००१ः२०१५’ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापनका लागि ’आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको हो ।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालका सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित एक कार्यक्रमका बिच विश्वव्यापी सर्टिफिकेटसन संस्था “इन्टरसर्ट” का तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे ।
प्रमाणपत्र ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्राप्त प्रमाणपत्रहरूले बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाका क्षेत्रमा थप प्रभावकारी रूपमा अगाडि बढ्न प्रोत्साहन मिलेको बताए । उनले आगामी दिनमा बैंकिङ सेवालाई अझ सुरक्षित र विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।
हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित र विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। नयाँ मापदण्डहरू स्थापित गर्दै बैंकले नेपाली बैंकिङ क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
-
अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत
-
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै सरकार
-
गण्डकीको बजेटमा भएको त्रुटि अर्थमन्त्रीले माफी माग्दै सच्याए
-
कर्णालीका विकास आयोजनामा सरकारको चरम बेवास्ता : सांसद मल्ल
-
महाकाली पारिको दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह हेरेर समृद्धिको सपना सजाउँदै स्थानीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण