प्रदेश सभा सदस्यलाई सक्रिय बन्न मुख्यमन्त्री आचार्यको निर्देशन
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका मुद्दाहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिएका छन्।
राप्ती उपत्यका (देउखुरी)स्थित संसदीय दलको कार्यालयमा बुधबार सम्पन्न बैठकमा उनले आगामी अधिवेशनहरूमा अझ सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे।
प्रदेश सभामा जनताका समस्या, विकासका प्राथमिकता तथा नीतिगत विषयहरूलाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री आचार्यले योजना छनोटमा सक्रियता, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विगत अधिवेशनहरूको अनुभवबाट सिकेर आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो।
बैठकले संसदीय बोर्डका यसअघिका निर्णयहरू अनुमोदन गरेको छ भने बोर्डको आमन्त्रित सदस्यमा बसन्ती न्यौपानेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य राजमजीप्रसाद घिमिरे, इन्द्रा गहतराज लगायतले आ–आफ्ना धारणा राखेका थिए। बैठकको सहजीकरण प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण