ला लिगाः एल्चेसँग एट्लेटिको मड्रिड ३–२ ले पराजित
सारांश
- स्पेनिस ला लिगामा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ।
- एट्लेटिको मड्रिडका थियागो अल्माडाले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
- खेलको ७५ औँ मिनेटमा आन्द्रे सिल्भाले निर्णायक गोल गर्दै एल्चेलाई जित दिलाएका छन्।
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।
खेलमा सुरुवाती अग्रता भने एट्लेटिको मड्रिडले लिएको थियो । खेलको १० औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा एल्चेका डेभिड अफेबनग्रुबरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेलको ३० औँ मिनेटमा एट्लेटिको मड्रिडका थियागो अल्माडाले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउँदै ३३ औँ मिनेटमा आन्द्रे सिल्भाले पेनाल्टी मार्फत गोल गरी एल्चेलाई २–१ को अग्रता दिलाए । लगत्तै ३४ औँ मिनेटमा एट्लेटिकोका निकोलस गोन्जालेजले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई पुनः २–२ को बराबरीमा पुर्याए ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा एल्चेले निर्णायक गोल गर्न सफल भयो । खेलको ७५ औँ मिनेटमा आन्द्रे सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै एल्चेलाई ३–२ को जित सुनिश्चित गरे । १० खेलाडीमा सीमित एट्लेटिको मड्रिडले त्यसपछि गोल फर्काउन नसक्दा हार व्यहोर्नु पर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण