इरान युद्धको असरः ऐतिहासिक न्यून स्तरमा झर्यो इन्डोनेसियाली मुद्रा
सारांश
- इरान युद्धको कारण इन्डोनेसियाली मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ।
- विश्व बजारमा कच्चा तेलको मूल्य बढेपछि तेल आयातमा निर्भर देशहरूको मुद्रामा दबाब परेको छ।
- बैंक अफ इन्डोनेसियाले रुपैयाको अवमूल्यन रोक्न र मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत कदम चाल्ने बताएको छ।
जकार्ता । इन्डोनेशियाको मुद्रा रुपयाको भाउ घटेर अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । बिहीबार एक डलरको भाउ इन्डोनेशियामा १७ हजार ३१५ रुपयामा पुगेको छ ।
यो अहिलेसम्मकै सबैभन्दा कमजोर स्थिति हो । इरान युद्धका कारण स्टेट अफ होर्मुज ठप्पप्रायः भएपछि विश्वभर तेलको आपूर्ति प्रभावित भएर कच्चा तेलको भाउ बढेको छ ।
इरानमा अमेरिकी युद्धविरामले पनि स्थिति साम्य पार्न सकेको छैन । अमेरिकाले इरानमाथि आक्रमण रोकेको भएपनि इरानले स्टेट अफ होर्मुजमा जहाजामथि आक्रमण गरेपछि विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ उकालो लागेको छ ।
तेल महँगो भएसँगै तेल आयातमा निर्भर इन्डोनेशिया, भारत, फिलिपिन्स र थाइल्यान्ड जस्ता देश मारमा परेका छन् । आयात खर्च बढ्दा यी देशका मुद्रा दबाबमा परेका छन् । बैंक अफ इन्डोनेशियाले बुधबार रुपैयाको अवमूल्यन रोक्न सबै काम गर्ने भनेको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न नीतिगत समायोजन गर्न तयार रहेको पनि बताइएको छ ।
इरान युद्ध सुरु भएदेखि रुपया ३ प्रतिशतभन्दा बढीले कमजोर भइसकेको छ । योसँगै इन्डोनेशियाली रुपया यस वर्षको दोस्रो सबैभन्दा कमजोर एसियाली मुद्रा बनेको छ । पहिलो स्थानमा भारतीय रुपैयाँ रहेको छ । अन्य देशहरूमा पनि समान प्रवृत्ति देखिएको छ । फिलिपिन्सको पेसो दुई सातामा पहिलो पटक कमजोर हुँदै बिहीबार प्रति डलर ६० दशमलव ५२४ मा झरेको छ भने थाई भाट अप्रिल ८ यताकै न्यून स्तरमा ओर्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण