शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जोर्डनका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको फोन वार्ता

बिहीबार, १० वैशाख २०८३, २१ : ०४
बिहीबार, १० वैशाख २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री अयमान सफादीबिच बिहीबार टेलिफोन वार्ता भएको छ।
  • दुवै मन्त्रीले नेपाल र जोर्डनबिचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
  • परराष्ट्रमन्त्री खनालले जोर्डनमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गरेकोमा जोर्डन सरकारलाई धन्यवाद दिएका छन्।

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका उपप्रधानमन्त्री तथा परराष्ट्र एवं आप्रवासी मामिला मन्त्री अयमान सफादीबिच बिहफबार टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा जोर्डनका उपप्रधानमन्त्री सफादीले मन्त्री खनाललाई पदभार ग्रहण गरेकोमा बधाई दिएका छन् । दुवै मन्त्रीले नेपाल–जोर्डनबिचको द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल गर्दै पारस्परिक हितका लागि द्विपक्षीय तथा बहुपक्षीय तहमा सहकार्यलाई अझ सुद‌ृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैक्रममा परराष्ट्रमन्त्री खनालले क्षेत्रीय द्वन्द्वकाबिच जोर्डन सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गरेकोप्रति धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तालाई दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा महत्त्वपूर्ण मानिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप