नेपालगन्जमा जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने
नेपालगन्ज । अन्तरालको आयोजना तथा व्यवस्थापनमा पत्रकार एवं फोटोग्राफर जयनारायण शाहको एकल फोटो प्रदर्शनी ‘विटनेश अफ टाइम’ आयोजना हुने भएको छ । आगामी जेठ ११ र १२ गते नेपालगन्जमा हुने यस प्रदर्शनीमा समय, समाज, प्रकृति र जनजीवनका महत्त्वपूर्ण क्षणहरूलाई तस्बिर मार्फत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा विगत डेढ दशकका राजनीतिक घटनाक्रम, आन्दोलन, भूकम्प, नाकाबन्दी र कोभिड महामारीका साथै नेपाली समाजको भेषभूषा, संस्कृति र प्रकृतिका विविध आयामहरूलाई समेटिएका तस्बिरहरू राखिनेछन् । फोटोग्राफर शाहले आफ्नो यात्राका दौरान कैद गरेका बस्ती, पदयात्रामा भेटिएका मानिस र ऐतिहासिक महत्वका दृश्यहरूलाई यस प्रदर्शनीमार्फत साझा गर्न लागिएको बताए । ‘कहिलेकाहीँ क्षणहरू केवल स्मृति मात्र हुँदैनन्, तिनीहरू इतिहास बन्छन्, तिनै क्षणलाई जीवन्त राख्ने यो मेरो प्रयास हो,’ शाहले भने ।
यस प्रदर्शनीमार्फत नयाँ पुस्तामा फोटोग्राफीप्रति रुचि अभिवृद्धि गर्नुका साथै समाजको जीवन्त तस्बिर प्रस्तुत गर्ने लक्ष्य राखिएको आयोजक अन्तरालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण