मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच २ करोडभन्दा बढीको अक्षयकोष स्थापना
सारांश
- मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबिच दुई करोड दुई लाख दुई हजार दुई सय रुपैयाँको अक्षयकोष स्थापना भएको छ।
- यो सहकार्यले स्थानीय विद्यार्थीहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्नेछ।
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबिच छात्रवृत्ति सम्झौता भएको छ । सम्झौता अनुसार २ करोड २ लाख २ हजार २०० रुपैयाँ बराबरको अक्षयकोष स्थापना भएको छ ।
यसले स्थानीय सरकार र विश्वविद्यालयबिच शैक्षिक सहकार्य बिस्तार गर्दै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको वीरेन्द्रनगर नगरपालिकाका नगप्रमुख मोहनमाया ढकालले बताइन् । ‘यसबाट विशेषगरी स्थानीय विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ,’ उनले भनिन् ।
ढकालले स्थानीय सरकारले पनि उच्च शिक्षाको दायित्व वहन गर्नुपर्छ भन्ने हेतुले आफ्नो नगर क्षेत्रभित्र अवस्थित विश्वविद्यालय र प्रदेश राजधानीको नगरपालिका हुनुका नाताले पनि सबै क्षेत्रलाई समेटेर लैजानुपर्ने अभिभारा आफूहरूसँग भएको पनि बताइन् ।
विश्वविद्यालयका उपकुलपति ध्रुव कुमार गौतामले आफ्नो नेतृत्वकलामा विश्वविद्यालयलाई समुदायसँग जोड्न र विश्वविद्यालयको स्थायी कोष निर्माणका लागि कार्यविधि पास गर्न पहल गरिएको बताए ।
‘स्थानीय सरकार र विश्वविद्यालयबिचको सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुर्याउँछ,’ उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण