पोखरा आइपुगे पूर्वराजा ज्ञानेन्द्र, के छ कार्यसूची ?
शुक्रबार, ११ वैशाख २०८३, १२ : ३२
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित पोखरा आइपुगेका छन्।
- उनीहरू रिफ्रेसका लागि पोखरा आएको बताइएको छ र लेकसाइडस्थित होटल सोल्टीमा बस्नेछन्।
- शाहको यस भ्रमणमा कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ ।
ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी कोमल शाह पनि आएकी छन् । उनीहरू रिफ्रेसका लागि पोखरा आएको बताइएको छ ।
अहिलेसम्म शाहको कार्यतालिका सार्वजनिक भएको छैन । उनी निकट स्रोतका अनुसार गोरखनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसबाहेकका कार्यक्रम अब तय गरिने बताइएको छ ।
तर, राजनीतिक भेटघाट यसपालि नहुने बताइएको छ । उनी केही समयअघि पनि पोखरा आएर लामो समय बसेका थिए ।
विमानस्थलमा उनलाई समर्थकले बाजागाजासहित स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण