संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय
सारांश
- नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ।
- दलको नेता चयन प्रक्रियामा सहमति खोज्न दुई उपसभापति र दुई महामन्त्रीलाई जिम्मेवारी दिइएको छ।
- कांग्रेसले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै सुकुम्वासी समस्या वार्ताबाट समाधान गर्न माग गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पारित गर्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
बैठकले दलको नेता चयन सहमतिमा गर्न दुई उपसभापति र दुई महामन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
कांग्रेसले विद्यार्थी सङ्गठन र ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।
‘विद्यार्थी सङ्गठन र ट्रेड युनियन संविधानले दिएको अधिकार हो। त्यसैले यसलाई सुधारेर लानुको सट्टा खारेज गर्ने निर्णय गर्न पाइँदैन’, कांग्रेसले भनेको छ ।
कांग्रेसले सुकुम्वासी समस्या समाधान वार्ताको माध्यम नगरी सरकार मुठभेडमा लागेको भन्दै सुकुमबासी व्यवस्थापनको जिम्मा सरकारको दायित्व भएको स्मरण पनि गराएको छ । ‘सुकुमबासीको विषयमा राज्यले बल प्रयोग गरेर मुठभेड प्रयोग गर्न मिल्दैन’, कांग्रेसले बैठकका निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘वार्ता संवादबाट समाधान सुल्झाउनु पर्छ, सरकार मुठभेडको स्थितिमा जानु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण