‘सुकुमबासी’ लाई रङ्गशाला ल्याइने, स्क्रिनिङपछि मात्रै बसोबासको प्रबन्ध
सारांश
- काठमाडौँका सुकुमबासी बस्तीका स्थानीयलाई अस्थायी रूपमा दशरथ रङ्गशालामा राख्ने तयारी गरिएको छ।
- रङ्गशालामा स्क्रिनिङ गरेपछि उनीहरूलाई तोकिएका तीनवटा अस्थायी स्थानमा स्थानान्तरण गरिनेछ।
- सुकुमबासी व्यवस्थापन र सुरक्षाका विषयमा छलफल गर्न काठमाडौँ महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बसिरहेको छ।
काठमाडौँ । थापाथली सहित काठमाडौँका विभिन्न क्षेत्रमा रहेको सुकुमबासी बस्तीका स्थानीयको बसोबास व्यवस्थापनको तयारी थालिएको छ ।
सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी गरेसँगै काठमाडौँ महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुकुमबासी बस्तीका स्थानीयलाई अस्थायी बसोबासको प्रबन्ध गर्न लागेको हो।
विस्थापित नागरिकहरूलाई सुरुमा त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा लैजाने तयारी छ । त्यहाँबाट उनीहरूलाई स्क्रिनिङ गरेपछि अस्थायी बसोबासका लागि सम्बन्धित स्थानमा पठाइने महानगरका एक उच्च अधिकारीले बताए।
स्रोतका अनुसार सुकुमबासीहरूको अस्थायी बसोबासका लागि काठमाडौँमा ३ स्थान तय गरिएका छन् । यद्यपि सुरक्षा संवेदनशीलताका कारण ती स्थान अहिले नै सार्वजनिक गरिएको छैन।
महानगरमा आकस्मिक कार्यपालिका
यसैबिच काठमाडौँ महानगरपालिकामा आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ । महानगरका एक वडाध्यक्षका अनुसार सुकुमबासी बस्तीका स्थानीयलाई व्यवस्थापन र सुरक्षाको विषयलाई लिएर अहिले कार्यपालिका बैठक भइरहेको हो।यस अघिका कार्यपालिकाको बैठक प्रत्यक्ष प्रसारण हुने गरेको भए पनि आज भने प्रसारण गरिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय
-
तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय उच्च अदालतका पूर्वन्यायाधीश यादव स्वदेश फिर्ता
-
नक्कली चिकित्सकमाथि कारबाहीका लागि सीआईबीलाई पत्राचार
-
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीन दिने कार्यक्रम सार्वजनिक
-
कर्णाली सरकारले बनाएका विषादी प्रयोगशाला सञ्चालनमा आएनन्
-
संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण