मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

शुक्रबार, ११ वैशाख २०८३, १६ : ४८
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ । नेपाल ‘ए’ ले ओमानमाथि सानदार जित हासिल गरेको छ  । शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ १ सय १५ रनको विशाल अन्तरले विजयी बनेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३६.३ ओभरमा मात्र १६९ रनमा अलआउट हुन पुग्यो । टोलीका लागि मुजिबुर अलिले सर्वाधिक ४३ रनको योगदान दिए । त्यस्तै, जितेनकुमार रमान्दानीले २४ तथा विनायक शुक्लाले २१ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले घातक बलिङ गर्दै ६ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए । उनलाई हेमन्त धामी, आकाश चन्द र शेर मल्लले २–२ विकेट लिँदै राम्रो साथ दिए । सन्तोष यादवको नाममा एक विकेट रह्यो ।

यसअघि, पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । नेपालका लागि ईशान पाण्डेले ६९ रनको सानदार पारी खेले । देव खनालले पनि ६४ रन जोड्दै टोलीका लागि महत्त्वपूर्ण योगदान दिए । 

कुशल मल्ले पनि अर्धशतकीय पारी खेले । रन आउट हुन अघि उनले ५७ रन जोडे । सन्दीप जोराले ४२ रन बनाए ।  यसअघि पहिलो खेलमा नेपाल ओमानसँग ७० रनले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप