चन्द्रगढी महिला गोल्डकपः त्रिभुवन आर्मी क्लब फाइनलमा
झापा । मेची रङ्गशालामा जारी प्रथम ‘ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
फाइनल प्रवेशसँगै आर्मीले कम्तीमा रु पाँच लाख पुरस्कार सुनिश्चित गरेको छ । अब आर्मीले शनिबार हुने सशस्त्र प्रहरीको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३२औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । पुलिसकी डिफेन्डर समिक्षा घिमिरेको त्रुटिको फाइदा उठाउँदै भण्डारीले गोल गर्न सफल भइन् ।
छपन्नऔँ मिनेटमा जेनिफर राना मगरले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन् । पुलिसले खेलको ७०औँ मिनेटमा एक गोल फर्कायो । पुजा रानाको हेडमार्फत दिएको पासलाई रेखा पौडेलले पुनः हेड गर्दै गोलमा परिणत गरिन् ।
बाँकी समयमा पुलिसले बराबरीको प्रयास गरे पनि आर्मीका डिफेन्डर बिमला बिक, सुनिता चौधरी र अनिता लम्जेलले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुन दिएनन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ आर्मीकी डिफेन्डर बिमला बिक घोषित भइन् । उनले नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत शनिबार सशस्त्र प्रहरीको एपीएफ एफसी र चर्च ब्वाइज युनाइटेडबिच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले रु ११ लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण