आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
प्रिमियर लिग

क्रिस्टल प्यालेसमाथि लिभरपुलको प्रभावशाली जित

शनिबार, १२ वैशाख २०८३, २२ : ३२
शनिबार, १२ वैशाख २०८३

सारांश

  • इङ्लिस प्रिमियर लिगमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
  • लिभरपुलको जितमा अलेक्जेन्डर इसाक, एन्ड्रयु रोबर्टसन र फ्लोरियन विर्ट्जले एक-एक गोल गरेका छन्।
  • क्रिस्टल प्यालेसका लागि ड्यानियल मुनोजले एक गोल फर्काए पनि टोली पराजित हुन पुग्यो।

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ को गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा अलेक्जेन्डर इसाक, एन्ड्रयु रोबर्टसन र फ्लोरियन विर्ट्जले एक–एक गोल गरे । क्रिस्टल प्यालेसका लागि ड्यानियल मुनोजले  सान्त्वना गोल फर्काए ।

खेलको ३५ औँ मिनेटमा इसाकले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै, ४० औँ मिनेटमा रोबर्टसनले गोल गर्दै पहिलो हाफमा लिभरपुलको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ७१ औँ मिनेटमा प्यालेसका मुनोजले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन । खेलको अतिरिक्त समयको छैटौं मिनेटमा विर्ट्जले गोल थप्दै लिभरपुलको जित ३–१ ले सुनिश्चित गरे ।

यो जितसँगै लिभरपुलको ३४ खेलबाट ५८ अंक पुगेको छ । अर्कोतर्फ, पराजित क्रिस्टल प्यालेसको ३३ खेलबाट ४३ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप