आज दिनभरको मौसम कस्तो रहला ?
सारांश
- आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना छ ।
- कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
- दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
काठमाडौँ । आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रको मौसम भने मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
गएराति देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहेको थियो । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण