मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अनेरास्ववियु बैठकमा सुहाङको चर्चा, दीपकलाई प्रश्न

सोमबार, १४ वैशाख २०८३, ११ : २९
सोमबार, १४ वैशाख २०८३

सारांश

  • नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिनु र अध्यक्ष दीपक धामीलाई प्रश्न उठाइएको छ ।
  • बैठकमा सहभागीहरूले रूपान्तरण र पुस्तान्तरणका लागि एमालेका युवा विद्यार्थीहरूले अझै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
  • अनेरास्ववियुले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका सवालमा माग अघि सारेको छ ।

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा एमालेका युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको विषयमा चर्चा भएको छ । 

‘सुहाङ नेम्वाङलाई दलको नेता बन्न पार्टीभित्रबाटै रोकियो, षडयन्त्र भयो । यसले एमालेमा युवालाई अवसर दिनुपर्छ भन्ने दृष्टिकोणमा अझै अलमल छ’,अनेरास्ववियुका एक सचिवालय सदस्यले बैठकमा सहभागीहरूले उठाएको विषय उद्धृत  गर्दै भने,  ‘रूपान्तरण र पुस्तान्तरणका लागि एमालेका युवा विद्यार्थीहरूले अझै मिहिनेत गर्नुपर्ने आवश्यकता छ ।’ 

त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा आइतबार बसेको बैठकमा सचिवालयका ५८ मध्ये २८ जनाको मात्र उपस्थित रहेका थिए । बैठकमा उपस्थित सहभागीहरूमध्ये सबैले डोटीबाट चुनाव लडेर हार्दा पनि ‘म स्टुडेन्ट लिडर हुँ’ भनेर हिँड्नु उपयुक्त हो कति उपयुक्त हो भन्दै अध्यक्ष दीपक धामीलाई प्रश्न गरेका थिए ।

सचिवालय सदस्य योगेश बम र नितेश लामिछाने बाहेक सबैले पुस्तान्तरण अनिवार्य हुनुपर्ने भन्दै अन्यथा पार्टी टिक्न नसक्ने र युवाहरू बस्न नसक्ने अवस्था रहेको बताएका थिए । बैठकमा सहभागी रुद्रहरि पोखरेल, कायेरा पोखरेल र बिहानी पङ्गेनीले ‘बोल्न दे सरकार’ भन्दै टाउकोमा कालो पट्टी बाँध्ने प्रस्तावमा सुरुवातमै असहमति जनाएका थिए । 

अनेरास्ववियुको सचिवालय बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै समसामयिक प्रस्ताव सार्वजनिक गरेको थियो । बैठकले शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकाका सवालमा माग अघि सारेको छ ।

अखिलले आधारभूत तहसम्मको शिक्षा पूर्णतः निःशुल्क र अनिवार्य तथा माध्यमिक शिक्षालाई पूर्णतः निःशुल्क बनाउनुपर्ने संवैधानिक अधिकारबारे सरकारलाई सम्झाउँदै सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप