सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पुरातात्त्विक सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

सोमबार, १४ वैशाख २०८३, १७ : ५७
सोमबार, १४ वैशाख २०८३

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
  • मुख्यमन्त्री आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिए ।
  • सुकौराकोट स्थित थारू राजा दंगीशरण दरबार क्षेत्रमा उत्खननका क्रममा लिच्छवीकालीन इँटा, माटोको घोडाको आकृति लगायतका महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेका छन् ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट स्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको साेमबार अनुगमन गर्दै उनले पुरातात्त्विक सम्पदाहरूलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नु सरकारको दायित्व भएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले पुरातात्त्विक सम्पदाको संरक्षणसँगै प्रवर्द्धन र पर्यटनसँग जोड्ने योजना अघि बढाएको जानकारी दिए। आवश्यक पूर्वाधार विकास, वैज्ञानिक संरक्षण विधि र प्रभावकारी प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने विश्वास समेत उनले व्यक्त गरे ।

अनुगमनमा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का लगायतको सहभागिता रहेको थियो ।

टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो ।

केही समयअघि पुरातत्त्व विभागले गरेको उत्खननमा यस क्षेत्रमा महत्त्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेका छन्। थारू राजा दंगीशरण सुकौरा दरबार सभ्यता कोष समितिको पहलमा ती सामग्री सार्वजनिक गरिएका हुन् ।

उत्खननका क्रममा लिच्छवीकालीन इँटा, माटोको घोडाको आकृति, चुरा, धनुषका तीर, फलाम तथा तामाका औँठी, माटोका दियो, घैटौं, गोल्द्रा, भोक्टी लगायतका सामग्री भेटिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप