सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेकपा संयोजन समिति बैठक सकिएन, भोलि फेरि बस्ने

सोमबार, १४ वैशाख २०८३, १९ : ५६
सोमबार, १४ वैशाख २०८३

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक भोलि फेरि बस्ने भएको छ। 

सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक नसकिएपछि भोलि फेरि बस्ने नेता देवेन्द्र पौडेलले बताए । नेताहरूको कार्य विभाजनबारे निर्णय लिन बैठक बसेको थियो। 

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने छ। 

पटक–पटक स्थगित भएको बैठक चैत ३ गते संयोजक र सह–संयोजकले वैशाख ३ गते सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएर स्थगित गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप