बेंगलुरुविरुद्ध दिल्लीको इनिङ्स धरापमा, ७ रन बनाउँदा ५ विकेट पतन
दिल्ली । आईपीएल २०२६ को ३९औँ म्याच दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच दिल्लीको अरुण जेटली स्टेडियममा चलिरहेको छ ।
बेंगलुरुले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि दिल्लीको इनिङ्स सुरुवातमै धरापमा परेको छ । ३ ओभर नसकिँदै दिल्लीले मात्र ८ रन बनाउँदा ५ महत्त्वपूर्ण विकेट गुमाएको छ ।
डेब्यु गरिरहेका १८ वर्षीय साहिल परख र अक्षर पटेललाई आउट गर्दै भुवनेश्वर कुमारले बेंगलुरुलाई सुरुवाती सफलता दिलाए । यस्तै, जोश हेजलवुडले पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै दुई बलमै केएल राहुल र समीर रिज्वीलाई आउट गरेर दिल्लीलाई ठुलो झट्का दिए ।
हाल क्रिजमा नीतिश राणा र अभिषेक पोरेल छन् । दिल्लीलाई सम्मानजनक स्कोरतर्फ लैजाने चुनौती उनीहरूका काँधमा आएको छ ।
यो सिजन दुई टोलीबिचको यो दोस्रो भेट हो । यसअघि चिन्नास्वामी स्टेडियममा भएको पहिलो खेलमा दिल्लीले बेंगलुरुलाई ६ विकेटले पराजित गरेको थियो । अंक तालिकामा बेंगलुरु दोस्रो स्थानमा छ भने दिल्ली सातौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण