धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन आह्वान
सारांश
- अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ।
- अध्यक्ष पदका लागि स्नातकोत्तर उपाधिसहित धितोपत्र बजार वा पुँजी बजार क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव आवश्यक छ।
- इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको ७ दिनभित्र आवश्यक कागजातसहित अर्थ मन्त्रालयमा आवेदन दिनुपर्नेछ।
काठमाडौँ । नेपाल सरकार, अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै योग्य इच्छुक नेपाली नागरिकलाई व्यक्तिगत विवरण पेस गर्न अनुरोध गरेको हो।
सूचना अनुसार अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको व्यावसायिक अनुभव भएको हुनुपर्छ ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ ९सात० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदनका साथमा व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवका प्रमाणित कागजातहरू तथा तोकिएको ढाँचाको स्वघोषणा फाराम संलग्न गर्नुपर्नेछ।
आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको 'वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा'मा रहेको समितिको सचिवालयमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण