हेटौँडा–ढल्केबर प्रसारण लाइन : टावर राख्ने कार्य अगाडि बढ्याे
सारांश
- हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको छ।
- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको हो।
- टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ।
काठमाडौँ। वर्षौँदेखि अवरुद्ध हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र) मा टावर राख्ने कार्य अगाडि बढेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको हो।
मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरी मुआब्जा विवादलाई टुङ्ग्याएका थिए।
टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सात वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ।
सन् २०१२ बाट निर्माण सुरु भएको सो प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौँदेखि अलपत्र परेको थियो।
नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यस परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ।
यो प्रसारण लाइन निर्माणले निजी क्षेत्रलाई ठुलो राहत प्रदान गर्नेछ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) तीन वर्ष अगाडि नै सम्पन्न भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण