संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न सकिँदैन: खड्का
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कमा ठिक मान्न नसकिने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सरकारले संसद् नबसेको बेला विशेष परिस्थितिमा अति आवश्यक र देशलाई धेरै हित हुने जस्ता विषयमा कहिले काहीँ अध्यादेश ल्याउनुलाई स्वाभाविक मानिए पनि यसपटक सर्वथा पृथक् काम भयो । बोलाएको संसद् बैठकै नबसाई संसद् स्थगन गरेर अध्यादेश ल्याउनु कुनै पनि तर्कले यसलाई ठिक भन्न मिल्दै, हुँदैन।'
उनले थप भनेका छन्– 'सरकारको बुद्धिमान हुन्छ अध्यादेश फिर्ता गरेर तत्काल संसद् बैठक बोलाई फास्ट ट्र्याक बाट अध्यादेशमा ल्याउन चाहेको विषय विधेयक मार्फत सांसदबाटै ल्याउने। अध्यादेशका विगतका गलत नजिर देखाएर वर्तमान करिब दुई तिहाइको सरकारले आफ्नो बाटो तय गर्नु अहङ्कारी कदम मात्र हुनेछ। यसले न सरकारको, न देश र जनताको नत लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाको दीर्घकालीन हितमा हुनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण