मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रातो मत्स्येन्द्रनाथ: आज साँझ नरिवल खसाल्ने जात्रा

बुधबार, १६ वैशाख २०८३, ०९ : २३
बुधबार, १६ वैशाख २०८३

सारांश

  • वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ ललितपुरको लगनखेलस्थित ठटीटोलमा पुर्याइएको छ ।
  • रथ ठटीटोल पुगेसँगै आज साँझ प्रसिद्ध 'नरिवल खसाल्ने जात्रा' सम्पन्न गरिने कार्यक्रम छ ।
  • नरिवल खसाल्ने जात्रापछि रातो मत्स्येन्द्रनाथको जात्रा विधिवत् रूपमा अगाडि बढ्नेछ ।

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्‍याइएको छ । रथ यात्राको तालिकाअनुसार जात्राका सहभागी तथा भक्तजनहरूले रथलाई तानेर ठटीटोलमा पुर्याएका हुन् । 

रथ ठटीटोल पुगेसँगै आजै साँझ यहाँको प्रसिद्ध ‘नरिवल खसाल्ने जात्रा’ सम्पन्न गरिने कार्यक्रम रहेको छ । रथको माथिल्लो भाग (गजुरी नजिकको भाग)बाट नरिवल खसाल्ने यस विशेष परम्परालाई हेर्न र नरिवल समात्नका लागि ठटीटोलमा श्रद्धालुहरूको ठुलो उपस्थिति रहने गर्दछ । 

आज साँझ नरिवल खसाल्ने प्रक्रिया सम्पन्न भएपछि जात्राको यो चरण विधिवत् रूपमा अगाडि बढ्नेछ । ललितपुरको सबैभन्दा लामो र महत्त्वपूर्ण मानिने यस जात्रालाई व्यवस्थित रूपमा अगाडि बढाउन स्थानीय प्रशासन र सरोकारवाला निकायहरू सक्रिय रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप