बेलायतमा बिसि राईको अर्को पाइला
गायक बिसि राईको पाँचौ एल्बम अर्को पाइला बेलायतमा सार्वजनिक गरिएको छ । दशकौ देखि बेलायत बस्दै आएका चर्चित गायक राई सङ्गीत अध्ययन गर्न बेलायत छिरेका थिए । नेपालीहरुको घना बसोबास रहेको बेलायती शहर आस्फोर्डमा एक कार्यक्रमको आयोजना गरि एलबम बिमोचन गरिएको हो । एक पाकिस्तानी गीतसहित दस गीतहरु समाविष्ट एल्बममा गीतकारहरु नबराज बर्तमान, शिव कोयी, स्वप्निल लिम्बु, रायन राय पाकिस्तानी सर्जक र स्वयं गायकको शब्दहरु रहेको छन भने सङ्गीत–एरेन्ज गायक स्वयंले गरेका छन ।
कार्यक्रमलाई गीतकार तथा वरिष्ठ समाजसेवी सुमाया राईले अध्यक्षता गरेकी थिइन् । स्थानीय संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु साथै बेलायतबासी सर्जकहरू र गायक रेवत राईसमेतको अतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी भाष्कर तितुङ लाई प्रमुख अतिथि बनाइएको थियो । भोजपुर छिनामखु २ मा जन्मिएको गायक राईले तिमीलाई, ती पलहरु, बिहान्ड द क्राउड, शिलीसहित पाँचौ एलबमको रुपमा अर्को पाइला बजारमा ल्याएका हुन ।
उनका बुवा बिरवा राई तथा आमा दया देवी राईले उक्त एलबमको बिमोचन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण