ताराखोलाको चिया मुलुककै उत्कृष्ट
बागलुङ । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मङ्गलबार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका दुई प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा चार विधामा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले दुई विधामा बाजी मारेको हो ।
नेपालमा ४५ कम्पनीका चियाले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाइट टि र ग्रिन टि विधामध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चियाकफी विकास बोर्ड पोखराका नगेन्द्र सुवेदीले जानकारी दिए ।
कम्पनीका सञ्चालक शिशिर घर्तीमगरले ताराखोलाको चिया उत्कृष्ट बन्नु गौरवको विषय भएको बताए । उनले ताराखोलामा करिब १०० रोपनी क्षेत्रफलमा चियाखेती गरेका हुन् ।
समुद्र सतहदेखि करिब दुई हजार २०० देखि दुई हजार ४०० मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको बताइएको सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण