आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

ओमानसँग नेपालको लज्जास्पद हार

बुधबार, १६ वैशाख २०८३, १८ : २०
बुधबार, १६ वैशाख २०८३

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानसँगको खेलमा नेपाल १०२ रनले पराजित भएको छ ।
  • वर्षाले खेल प्रभावित भएपछि डकवर्थ–लुइस विधिअनुसार ओमान विजयी भएको हो ।
  • ओमानका जतिन्दर सिंहले १३० रनको शतकीय पारी खेले भने नेपालका दीपेन्द्र सिंह ऐरीले ६० रन बनाए ।

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज भएको खेलमा नेपालले ओमानसँग लज्जापस्पद हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो ।

वर्षाले खेल प्रभावित भएपछि डकवर्थ–लुइस विधिअनुसार ओमान विजयी बनेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल तयार पारेको थियो । ओमानका लागि जतिन्दर सिंहले उत्कृष्ट प्रदर्शन गर्दै ९६ बलमा १३० रनको शानदार शतक प्रहार गरे । त्यस्तै जितेन्द्रकुमार रामानन्दीले ४३ रन र आर्यन बिष्टले ३५ रनको योगदान दिएका थिए ।

नेपालका बलरमध्ये सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा २४ रन दिएर २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

३०६ रनको लक्ष्य पछ्याएको नेपालले वर्षाका कारण छोट्याइएको ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६२ बलमा ६० रन बनाउँदै संघर्ष गरे भने भीम शार्कीले २८ र आसिफ शेखले १९ रन जोडे ।

ओमानका बलरमध्ये नदीम खानले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । शकील अहमदले २ तथा वासिम अलीले १ विकेट हात पारे । उत्कृष्ट शतकीय इनिङ्सका लागि ओमानका जतिन्दर सिंह ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

नेपालले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको थियो । लिग–२ को अंकतालिकामा नेपाल २२ खेलबाट १४ अंकका साथ छ । ओमानले २६ खेलबा ३१ अंक जोड्न सफल भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप