विकल पौडेल र एलिना बस्नेतविरूद्ध ६८ करोड ९४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा
सारांश
- राजस्व अनुसन्धान विभागले विकल पौडेल र एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ ।
- विदेशी विनिमय अपचलन गरी अवैध सम्पत्ति आर्जन गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।
- विभागले बिगोको दोब्बर जरिवाना र अवैध सम्पत्ति जफत गर्न माग गरेको छ ।
काठमाडौँ । राजस्व अनुसन्धान विभागले विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ । विभागले मङ्गलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–९ घर भएका ४३ वर्षीय विकल पौडेल र उनकी श्रीमती एलिनाले विदेशी विनिमय अपचलन गरी अवैध सम्पत्ति आर्जन गरेको पाइएको छ । यसअघि विभागले पौडेल दम्पतीविरुद्ध ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ विदेशी विनिमय अपचलन गरेको अभियोगमा २०८१ असोज १४ गते मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको सिलसिलामा सम्पत्तिबारे थप अनुसन्धान गर्दा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ विपरीतको कसुर गरेको तथ्य फेला परेको विभागको विज्ञप्तिमा उल्लेख छ ।
विभागले दायर गरेको अभियोग पत्रमा विकल पौडेललाई ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ २० पैसा र उनकी श्रीमती एलिना बस्नेतलाई ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ ५० पैसा बिगो कायम गरिएको छ । दुवैको गरी कुल बिगो रकम ६८ करोड ९४ लाख ६५ हजार २०४ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजायको माग गरेको छ । साथै, ऐनको दफा ३४ बमोजिम अवैध रूपमा आर्जित सम्पूर्ण सम्पत्ति जफत गर्न समेत मागदाबी गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत २०८३ वैशाख १६ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरिएको विभागका निर्देशक सच्चित कुमार वाइवाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण