सर्लाहीबाट ‘जूबा’को छायाङ्कन सुरु
बिहीबार, १७ वैशाख २०८३, ०९ : ५१
सारांश
- फिल्म 'जूबा'को छायाङ्कन सर्लाहीबाट सुरु भएको छ ।
- फिल्म ७ दिन सर्लाहीमा छायाङ्कन गरिएपछि भारतको राजस्थानमा खिचिनेछ ।
- फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा देखिनेछन् भने सोफी धरेलले डेब्यु गर्नेछिन् ।
काठमाडौँ । फिल्म ‘जूबा’को छायाङ्कन सुरु भएको छ । अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायाङ्कन सर्लाहीबाट सुरु गरिएको हो । फिल्मका निर्देशक प्रकाश कर्ण रहेका छन् । बुधबार शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको निर्देशक कर्णले बताए ।
फिल्म ७ दिन सर्लाहीमा खिचेपछि भारतको राजस्थानमा खिचिनेछ । ७५ दिनको छायाङ्कन सेड्युल रहेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल देखिनेछन् ।
फिल्मको नायिकामा सोफी धरेलले डेब्यु गर्दै छन् । सौगात र सोफीसँगै सुधन पोखरेलको पनि अभिनय रहनेछ ।
फिल्मको कथा र अन्य कलाकार निर्माण टिमले केही खुलाएको छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण