श्रीमती हत्या आरोपमा सेनाका पिउठ दर्शन खत्रीलाई जन्मकैद
बिहीबार, १७ वैशाख २०८३, १२ : ४३
सारांश
- श्रीमती हत्याको अभियोगमा नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
- न्यायाधीश वसन्तराज जोशीको इजलासले खत्रीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैद सहित ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
- खत्रीले एक वर्षअघि २०८२ वैशाख २१ गते श्रीमती प्रेमा वलीको जंगलमा लगेर हत्या गरेको अभियोग छ ।
काठमाडौँ । श्रीमती हत्याका अभियोग लागेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अभियोग दाबी पुग्ने ठहर गर्दै जन्मकैद सजाय साथै ३ लाख रुपैयाँ पीडितको आफन्तलाई क्षतिपूर्ति भराउने फैसला भएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले रातोपाटीलाई जानकारी दिए ।
खत्रीले एक वर्षअघि २०८२ बैशाख २१ गते श्रीमती प्रेमा वलीलाई जंगलमा लगेर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । खत्रीविरुद्ध २०८२ जेठ १६ गते सुर्खेत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण