विपक्षी दलहरूको संयुक्त बैठक : ९ बुँदे मागसहित सरकारको संयुक्त ध्यानाकर्षण
सारांश
- प्रमुख प्रतिपक्षी दलहरूले ९ बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएका छन्।
- सुकुम्वासीलाई उचित विकल्पबिना हटाउन लागिएको भन्दै आपत्ति जनाइएको छ।
- मल, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बर्डफ्लु प्रभावित किसानलाई राहत दिन माग गरिएको छ।
काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन्। आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।
बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो।
बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई उचित विकल्प र पहिचानबिना हटाउन लागिएको भन्दै आपत्ति जनाएको छ । नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
दैनिक उपभोग्य वस्तुहरू (दाल, चामल, तरकारी, तेल) को मूल्य वृद्धिले जनताको भान्सा महँगो भएको भन्दै तत्काल महँगी नियन्त्रण गर्न र सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न माग गरिएको छ।
अन्तर्राष्ट्रिय द्वन्द्वका कारण रासायनिक मलको थप अभाव हुन सक्ने देखिएकाले बर्खे सिजनका लागि समयमै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।
झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौँमा फैलिएको बर्डफ्लुका कारण क्षति बेहोरेका किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।
पेट्रोलियम पदार्थमा भएको पटक(पटकको मूल्य वृद्धिका कारण समग्र क्षेत्रको लागत बढेको भन्दै आपूर्ति शृङ्खला चुस्त बनाउन र उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न जोड दिइएको छ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयारीमा प्रतिपक्ष दलहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै सबै पक्षको आवाज सुनिने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अपनाउन माग गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण