एउटा अध्यादेश जारी गरेर कानुनविद्सँग छलफलमा बसे राष्ट्रपति
बिहीबार, १७ वैशाख २०८३, १६ : ४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सहकारी सम्बन्धी अध्यादेश जारी गरेर अरु अध्यादेश के गर्ने भनी परामर्श लिन कानुनविदसँग छलफलमा बसेका छन् ।
सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गर्न थालेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले परामर्श जारी रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।
ती मध्ये बिहीबार केहीबेरअघि सहकारीसम्बन्धी अध्यादेश मात्रै राष्ट्रपति पौडेलले जारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण