विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
काठमाडौँ । काठमाडौँको नक्सालमा बिहीबारदेखि विपद् व्यवस्थापनसम्बन्धी सन्देश बोकेका कार्टुन कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकपा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कार्टुनिष्ट क्लब अफ नेपालको सहकार्यमा आजदेखि यहाँ कार्टुन कला प्रदर्शनी सुरु भएको हो।
प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमखु प्रदीपकुमार कोइरालाले जुनसुकै काम गर्दा पहिले विपद् बुझ्नुपर्नेमा जोड दिँदै कार्टुनमार्फत विपद्सम्बन्धी सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्ने बताए। उनले स्कुल तहदेखि कलामार्फत विद्यार्थीलाई विपद्का बारेमा जानकारीसहित पूर्वतयारीका विषयमा बुझाउँदै जानुपर्नेमा जोड दिए।
उनले कार्टुन हेरेर मानिसले सजिलै बुझ्ने बतउँदै यसलाई अझै प्रभावकारी बनाएर लैजानुपर्ने उल्लेख गरे। यसका लागि प्राधिकरण कलाकारसँग सहकार्यका लागि तयार रहेको उनले बताए।
कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्वजानकारी दिनुपर्नेमा जोड दिँदै त्यसको उपयुक्त माध्यम कला भएको बताए। उनले आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा यस्ता कार्यक्रम लैजानुपर्नेमा जोड दिए।
प्रतिष्ठानकी निवर्तमान प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारीले गत वर्षदेखि यो कार्यक्रम सुरु भएको जनाउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले यसपालिको प्रदर्शनीमा सबै गरेर ४६ वटा कार्टुन कला प्रदर्शनीमा राखिएका जानकारी दिनुभयो । उक्त प्रदर्शनी यही असार १० गतेसम्म जारी रहनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण