महान्यायाधिवक्ता विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
बिहीबार, १७ वैशाख २०८३, १७ : ००
काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यता विवाद सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
बिहीबार रिटको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र सुनिलकुमार पोखरेल संलग्न संयुक्त इजलास तोकिएको थियो ।
तर संयुक्त इजलासमा संलग्न न्यायाधीशहरू अर्को वृहद पूर्ण इजलास र पूर्ण इजलासमा पनि सुनुवाइका लागि संलग्न हुनुपरेका कारण ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न गर्दै अधिवक्ता माधव बस्नेत लगायत ३ जनाले रिट दायर गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण