सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरोको अवरोध

शुक्रबार, १८ वैशाख २०८३, ०९ : २७
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको छ।
  • कोशी राजमार्ग, अरनिको राजमार्ग, र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
  • पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग, र बेनी–जोमसोम सडकखण्ड जस्ता केही राजमार्गहरू एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

काठमाडौँ । देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका केही प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।

भोटखोला गाउँपालिका-४, बरुणमा वैशाख १७ गते गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित ईकुमा वैशाख १६ गते गएको पहिरोले गर्दा अरनिको राजमार्ग  पूर्ण रूपमा बन्द छ।

मध्यनेपाल नगरपालिका–१०, बिमिरेभञ्ज्याङमा वैशाख १७ गते गएको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका-१, चोरखोलामा आज  गएको पहिरोपछि पूर्व–पश्चिम राजमार्ग एकतर्फी रूपमा सुचारु गरिएको छ।

भोजपुरको भोजपुर नगरपालिका–५, बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्यपहाडी लोकमार्गमा क्षति पुगेको थियो, जुन हाल एकतर्फी रूपमा सञ्चालनमा छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेमा वैशाख १६ गते गएको पहिरोपछि बेनी–जोमसोम सडकखण्ड एकतर्फी मात्र खुला गरिएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप