बुद्धका आदर्श व्यवहारमा लागु गर्न आवश्यक छ : प्रचण्ड
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
- बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, साँस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत् मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव भएको स्पष्ट पारेका छन् ।
- उनले बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, साँस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत् मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव भएको स्पष्ट पारेका छन् ।
‘बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व सम्भव छ, न समृद्धि नै। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो । सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव छ’, उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण