जहाँ श्रमिक सम्मानित हुन्छन्, त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् ।
- श्रमिक दिवसले श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरेका छन् ।
- ओलीले संविधानमा न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि निर्देशक सिद्धान्त अपनाइएको बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले श्रमिक दिवस अर्थात मे १ ले श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको उल्लेख गरे ।
नेपालको संविधानले न्यायपूर्ण राज्यका लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलन लागि निर्देशक सिद्धान्त अपनाएको उल्लेख गरेका छन् । ‘हामीले संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्ग बिचको सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ’ सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै अध्यक्ष ओलीले भनेका छन् ‘हामीले सरकारमा रहँदा श्रमिक,रोजगारदाता र राज्यबिचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ ।’
अध्यक्ष ओलीले मानव गरिमाको रक्षा गर्न र श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गरेका छन् । आफूले सरकारको नेतृत्व गरेका बेला राज्यको नीति,रोजगारदाता र श्रमिक बिच संवाद,सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको स्मरण गरेका छन् ।
‘हाम्रो ध्येय थियो उद्योग चलोस्,रोजगारी बढोस्,श्रमिक सुरक्षित होउन्,नाफाको न्यायोचित वितरण होस र देश समृद्ध बनोस्’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् । संविधानले तय गरेको यो सीमाबाट राज्य आज पनि विचलित हुनु नहुने अध्यक्ष ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण