‘राजा शिवाजी’ नेपालमा पनि प्रदर्शन
मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको फिल्म ‘राजा शिवाजी’ आज (शुक्रबार)बाट नेपालमा पनि प्रदर्शनमा आएको छ । फिल्मको नेपालका लागि आधिकारिक वितरक नेओम फिल्म्सका कश्यप नरेन्द्र वेद र नवीन उदासले फिल्म नेपालमा उच्च शो सहित प्रदर्शनमा आएको जानकारी दिए ।
साहस, नेतृत्व र स्वराजका प्रतीक छत्रपति शिवाजी महाराजको जीवन र दृष्टिकोणको विषयमा फिल्म बनेको हो । फिल्म मराठा साम्राज्यका संस्थापक छत्रपति शिवाजी महाराजको जीवनमा आधारित छ ।
फिल्मलाई अपभनेता रितेश आफैँले निर्देशन गरेका हुन् भने मुख्य भूमिकामा पनि उनी स्वयं देखिएका छन् । फिल्ममा रितेशका साथै जेनेलिया देशमुख, सञ्जय दत्त, विद्या बालन, अभिषेक बच्चन र महेश मान्जरेकर जस्ता दिग्गज कलाकारहरूको अभिनय छ ।
विशेष कुरा त के छ भने, रितेशका कान्छा छोरा राहिल देशमुखले यस फिल्ममा छत्रपति शिवाजी महाराजको बाल्यकालको भूमिका निर्वाह गर्दै अभिनयमा डेब्यु गरेका छन् ।
जियो स्टुडियोज, ज्योति देशपाण्डे र जेनेलिया डिसुजाले निर्माण गरेको फिल्म आगामी १०० करोड बढी भारतीय रुपैयाँमा निर्माण भएको हो । रितेश देशमुखले निर्देशन गरेको यसअघिको मराठी फिल्म ‘वेड’ व्यावसायिक रूपमा निकै सफल भएको थियो, जसका कारण ‘राजा शिवाजी’ प्रति दर्शकको ठूलो अपेक्षा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण