ऐरीको सानदार शतक, नेपालद्वारा २ सय ९० रनको लक्ष्य प्रस्तुत
सारांश
- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दीपेन्द्र सिंह ऐरीको शतकको मद्दतले २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
- दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १ सय रनको सानदार शतक बनाए ।
- विनोद भण्डारीले ५६ रन, कप्तान रोहित पौडेलले ३९ रन र गुल्सन झाले ४४ रनको योगदान दिए ।
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसामु जितका लागि २ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९० रन बनाएको हो ।
टोलीका लागि दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरे । उनले ९४ बलमा १३ चौका र १ छक्का हिर्काउँदै १ सय रन जोडे ।
त्यस्तै, विनोद भण्डारीले पनि अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ७ चौका प्रहार गर्दै ५६ रन बनाए । कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन जोडे । आरिफ शेख र अर्जुन कुमालले समान ११-११ रनको योगदान दिए ।
गुल्सन झाले ३८ बलमा ४४ रन जोड्दै नेपालले विशाल योगफलतर्फ डोर्याए । उनले यस क्रममा ४ चौका र २ छक्का प्रहार गरे ।
यूएईका लागि अजय कुमार र जुनैद सिद्धिकीले २-२ विकेट लिए । हैदर अलि र खुजाइमा तनवीरले १-१ विकेट हात पारे ।
नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग १०२ रनले हारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण