भुवनेश्वर कुमारलाई पर्पल क्याप, ओरेन्ज क्यापको दौडमा विराट चौथो स्थानमै
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बिचको खेलपछि बलिङतर्फ भुवनेश्वर कुमारले १७ विकेटसहित पर्पल क्याप जितेका छन्।
- भुवनेश्वरले गुजरातविरुद्ध २८ रन खर्चेर ३ विकेट लिए, जुन यस सिजनमा उनको पाँचौँ पटक तीन विकेट लिने सफलता हो।
- ब्याटिङतर्फ ओरेन्ज क्यापको सूचीमा विराट कोहली ३७९ रनका साथ चौथो स्थानमा यथावत छन् भने शुभमन गिल पाँचौँ स्थानमा उक्लिएका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार भएको गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बिचको खेलपछि दुवै टोलीका खेलाडीहरूले व्यक्तिगत अवार्डको दौडमा फेरबदल ल्याएका छन्।
विशेषगरी बलिङतर्फ बेंगलुरुका तीव्र गतिका बलर भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा शीर्ष स्थान ओगटेका छन्। उनले गुजरातविरुद्ध २८ रन खर्चेर ३ विकेट लिएपछि सिजनको १७ विकेटसहित पर्पल क्याप आफ्नो नाममा पारेका हुन्।
भुवनेश्वरले यस सिजनमा पाँचौँ पटक एकै खेलमा तीन विकेट लिने सफलता पाएका हुन्। उनले सनराइजर्स हैदरावादका इशान मलिङ्गालाई पछि पारेका छन्, जसको १५ विकेट रहेको छ।
यस्तै, गुजरातका कागिसो रबाडाले सोही खेलमा १ विकेट मात्र लिएपछि उनी १४ विकेटसहित जोफ्रा आर्चर र अंशुल कम्बोजसँगै तेस्रो स्थानमा खुम्चिएका छन्। मलिङ्गाले आइतबारको खेलमार्फत पुनः शीर्ष स्थानमा फर्कने मौका पाउनेछन्।
ब्याटिङतर्फको ओरेन्ज क्यापको सूचीमा भने खासै ठूलो उलटफेर भएन। बेंगलुरुका विराट कोहली २८ र गुजरातका कप्तान शुभमन गिल ४३ रनमा आउट भएपछि शीर्ष तीनमा रहेका अभिषेक शर्मा, हेनरिक क्लासेन र वैभव सूर्यवंशीको वर्चस्व कायम छ।
यी तीनै खेलाडीले यस सिजनमा ४०० रनको आँकडा पार गरिसकेका छन्। विराट कोहली ३७९ रनका साथ चौथो स्थानमै यथावत रहँदा गिल भने केएल राहुललाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएका छन्। गुजरातका अर्का प्रभावशाली ब्याटर बी साई सुदर्शनले मात्र ६ रन जोडेपछि उनी यो दौडमा केही पछि परेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण