पतिका बारेमा दिदी–बहिनीमा अनौठो होड, अदालतले दियो यस्तो जबाफ
काठमाडौँ । अपहरण सम्बन्धी मुद्दामा सुनुवाइ भइरहँदा अदालतमा दिदी–बहिनीबिच पतिका बारेमा अनौठो होड चलेको घटना प्रकाशमा आएको छ।
घटना भारतको मध्य प्रदेश राज्यको ग्वालियरमा भएको हो । मध्य प्रदेश उच्च अदालतको ग्वालियर इजलासमा यो घटना प्रकाशमा आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार दतिया निवासी गिरिजा शंकरले उच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । मायाराम नाम गरेका व्यक्तिले आफ्नी पत्नी र छोरीलाई बन्धक बनाएको उनको आरोप थियो ।
अदालतको आदेशपछि गिरिजा शंकरकी पत्नी अदालतमा उपस्थित भइन् । ती महिलाले आफ्नो अपहरण नभएको जिकिर गर्दै आफू राजीखुसीले नै मायारामसँग गएको बताइन् ।
गिरिजा शंकर र मायाराम नाताले साढुदाइ–साढुभाइ हुन् । गिरिजा शंकरकी पत्नी आफ्नै बहिनीज्वाइँ मायारामको घरमा उनीसँगै बस्दै आएको अवस्थामा अदालतमा यो मुद्दा पुगेको थियो ।
पति गिरिजा शंकरसँग सम्बन्ध विच्छेदका लागि आफूले निवेदन दिएको भन्दै गिरिजा शंकरकी पत्नीले आफू मायारामसँगै बस्न इच्छुक रहेको बताइन् ।
ती महिलाकी बहिनी तथा मायारामकी पत्नीले पनि दिदी आफ्नो पतिसँग बसेकोमा आपत्ति नभएको बताइन् । यद्यपि उनले आफू पनि भिनाजु गिरिजा शंकरसँग बस्न इच्छुक रहेको भन्दै अदालतसमक्ष अनुमति मागिन् ।
दुवै दिदी–बहिनीले आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट नरहेको भन्दै पति साट्न चाहेको अदालतमा प्रस्ट पारे । उनीहरूले आपसी सहमतिमै एक अर्काको पतिसँग वैवाहिक जीवन सुरु गर्न चाहेको बताएपछि अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन खारेज गरिदिएको छ ।
अदालतले यो विषय अपहरणको नभएर पारिवारिक विवादको भएकाले कुनै आदेश दिइरहन नपर्ने प्रस्ट पारेको छ । दुवै महिला बालिग भएकाले आफ्नोबारेमा आफैँले निर्णय लिने प्रक्रिया चलिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण