सहकारी अध्यादेश : मुख्य कारोबारको सीमा ५० प्रतिशत कायम
शुक्रबार, १८ वैशाख २०८३, १६ : ३३
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ ।
- नयाँ अध्यादेशले सहकारी संस्थाको बचत तथा ऋणको कारोबारको सीमा कुल कारोबारको ५० प्रतिशत कायम गरेको छ ।
- यसअघि यो सीमा ३० प्रतिशत थियो, जुन अब बढाएर ५० प्रतिशत पुर्याइएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ ।
अध्यादेशले कुनै पनि सहकारी संस्था बचत तथा ऋण प्रकृतिको हो वा होइन भनेर छुट्ट्याउने मापदण्डलाई खुकुलो बनाएको छ । विगतमा कुल कारोबारको ३० प्रतिशत मात्र बचत तथा ऋणको कारोबार भए पनि बचत तथा ऋणको मुख्य कारोबार मान्ने व्यवस्था भए पनि अहिले यसलाई ५० प्रतिशत पुर्याइएको हो ।
यसको अर्थ अब कृषि, उपभोक्ता वा बहुउद्देश्यीय नाममा दर्ता भएका सहकारीले आफ्नो कुल कारोबारको ५० प्रतिशतभन्दा बढी हिस्सा बचत तथा ऋणमा लगाउन पाउने छैनन् । यदि त्यसो गरिरहेको भए उनीहरूले आगामी तीन वर्षभित्र त्यस्तो वित्तीय कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण