सुकुमबासी बस्ती
बस्ती भत्काएको हेर्न नसकेर बेहोस भइन् रेखा कुँवर
शुक्रबार, १८ वैशाख २०८३, १७ : ३३
सारांश
- थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा रेखा कुँवर बेहोस भएकी छिन्।
- प्रहरीले बेहोस भएकी कुँवरलाई उद्धार गरी वीर अस्पताल पुर्याएको छ।
- काठमाडौँमा बालेन शाह नेतृत्वको सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको छ।
काठमाडौँ । काठमाडौँ थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा बेहोस भएकी महिलाको प्रहरीले उद्धार गरेको छ । शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी थिइन्।
बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको छ। बालेन शाह सरकारको नेतृत्वमा आएसँगै सुकुमबासी बस्ती हटाइँदैछ ।
शुक्रबारमात्रै काठमाडौँको टेकुस्थित बंशीघाट क्षेत्रको बस्ती हटाइएको छ।
बस्ती हटाउँदै गर्दाको दृश्य हेर्नेहरूको भीड लागेको छ। आजै शंखमुल,बालाजु क्षत्रेको बस्ती हटाइएको थियो।
यसअघि सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण