क्रिकेटको बल खोज्दा खरबुजा चोरेको आरोपमा नाबालकमाथि हातखुट्टा बाँधेर कुट्ने पक्राउ
सारांश
- कञ्चनपुरको वेदकोट नगरपालिकामा क्रिकेटको बल खोज्न जाँदा खरबुजा र काँक्रा चोरेको आरोपमा ११ वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने भोजनाथ पक्राउ परेका छन्।
- सामाजिक सञ्जालमा भाइरल भएको भिडियोपछि प्रहरीले कुटपिटमा संलग्न भोजनाथलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको छ।
- कुटपिटबाट बालकको टाउकोमा चोट लागेको छ र तीनवटा टाँका लगाइएको छ।
काठमाडौँ । क्रिकेट खेल्ने क्रममा बारीमा गएको बल खोज्न जाँदा खरबुजा र काँक्रा चोरेको आरोपमा कञ्चनपुरमा बालकमाथि निर्घात कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
११ वर्षीय बालकलाई निर्घात कुटपिट गरेको घटना कञ्चनपुरको वेदकोट नगरपालिका–५ को हो । हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न आरोपमा बेदकोट–५ घर भएका भोज नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
उनलाई प्रहरीले बिहीबार पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आरोपी विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए । उनले भने, ‘संवेदनशीलता नराखेर कुटेको देखिन्छ ।’
कुटपिटबाट बालकको टाउकोमा चोट लागेको छ । बालकको टाउकोमा तीन वटा टाँका लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण