बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

आस्था माथिको आक्रमण खतरनाक हुन्छ : लिङ्देन

शनिबार, १९ वैशाख २०८३, ०८ : ०३
शनिबार, १९ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण खतरनाक हुने बताएका छन्।
  • उनले सार्वजनिक स्थल खाली गर्ने क्रममा मन्दिर, स्कुल र गुम्बा भत्काइनु उचित नभएको बताएका छन्।
  • लिङदेनले विकास जीवनका लागि हुनुपर्ने र इतिहास, धर्म, परम्पराको संरक्षण गर्दै विकास गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् । सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको तयारी नपुगेको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। '

उनी थप लेख्छन्– 'कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए। विकास जीवनका लागि हुनुपर्छ । जीवन विकासका लागि होइन।  मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास, धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्। गृहकार्य पुगेन ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप